कपिलवस्तुमा सवारी दुर्घटना, २४ भन्दा बढी घाइते

  • प्रकाशित मिति: बैशाख ७, २०७८ / सञ्चारलय
alt

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी ९ सुरगरवरवा नजिक सवारी दुर्घटना हुँदा २४ भन्दा बढी घाइते भएका छन् ।

बुटवलबाट कृष्णनगर तर्फ जादै गरेको लु १ ख ५६८४ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउदै गरेको ना ४ ख ३०१२ नम्बरको मालबाहक ट्रक मंगलबार विहान १०ः३० बजे ठोक्न्दिा दुर्घटना भएको हो ।

घटना दुबै सवारी साधनका सवारी चालकको गम्भिर रहेको बताइएको छ । स्थानीय रुटमा चल्ने बस भएको कारणले दुर्घटनामा घाईते हुने बढी स्थानीय रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

बसको क्याबिनमा बसेका र दुबै चालकको सहित ६ जनाको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यलय गोरुसिगेंका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए । गाडीमा अड्किएका चालकको उद्धार गर्नका लागि प्रहरीले टोचन प्रयोग गरेको थियो ।

केही घाइतेको हात खुट्टा भाचिएको सामान्य चोट रहेकालाई स्थानीइ बुद्धपोली क्लिनिक र अन्यलाई उपचारका बुटवल तर्फ लगिएको बताईएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की