एजेन्सी। भारतको राँचीस्थित एक विद्यालयका चारजना विद्यार्थीहरुले एउटा गज्जबको हेल्मेट तयार गरेका छन् । 

उक्त हेल्मेटमा एउटा विशेष चिप जडान गरिएको छ । बाइक चलाउन खोज्ने व्यक्तिले यदि मापसे गरेको रहेछ भने उक्त चिपका कारण  सोही अलर्ट मोटरसाइकलले प्राप्त गर्नेछ र मोटरसाइकल स्टार्ट सो हेल्मेट लगाएर बाइक चलाउने व्यक्तिले यदि रक्सी पिएमा बाइक नै स्टार्ट हुनेछैन ।

चारजना विद्यार्थीहरुले तयार पारेको उक्त सेन्सरवाला हेल्मेटको प्रोटोटाइपले निकै चर्चा कमाएको छ । विद्यार्थीहरुले हेलमेट नै नलगाइकन तथा राम्रो ढंगले नलगाउँदा समेत बाइक स्टार्ट नहुने गरी अर्को चिप समेत विकास गर्ने योजना बनाएका छन् ।