इटहरी । शनिवार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) जिल्ला समिति सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ ।

सुनसरीमा रहेर पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादव सहित तीन जना पत्रकारहरूलाई नगद पुरस्कार सहित हिसान सुनसरीले सम्मान गरेको हो ।

शनिवार इटहरीमा आयोजित १० औँ हिसान स्पोर्टस् मिट २०८० को समापन समारोहमा सुनसरीबाट शिक्षा क्षेत्रमा योगदान पुराएको भन्दै जनही १० हजार नगद पुरस्कार सहित तीन जना पत्रकारहरूलाई सम्मान गरेको थियो । हिसान सुनसरीले वर्षौनी शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारहरूलाई पुरस्कृत गर्दै आएको छ ।