काठमाडौं । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका १० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् । टिनले छाएको काठको दुईतले कच्ची घरको तल्लो कोठामा उनीहरू मृत फेला परेका प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।