चितवन — मामालाई कुटपिट गरेर ज्यान लिएको आरोपमा चितवन प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका १, हात्तीबाङ काउले ज्यानदालाका २३ वर्षीय लोकबहादुर चेपाङ रहेका छन् । लोकबहादुरको कुटपिटका कारण मामा नाता पर्ने ४२ वर्षका चन्द्रबहादुर चेपाङको मृत्यु भएको प्रहरीको भनाइ छ । 

चितवन जिल्ला प्रहरी कार्यालयका  अनुसार सोमबार साँझ मामा भाञ्जा दुवैले घरेलु मदिरा खाएका थिए । त्यसपछि झगडा गरेर कुटपिट नै भएको थियो। घाइते भएका चन्द्रबहादुरलाई श्रीमतीले घरमा ल्याएकी थिइन् ।

चन्द्रबहादुरको सोही दिन राति ९ बजे मृत्यु भएको जनाइएको छ । प्रहरीले लोकबहादुरलाई मंगलबार नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट बुधबार म्याद थप गरेको जानकारी दिइएको छ  ।