एजेन्सी । भारतको उत्तर प्रदेशस्थित रामपुरमा रहेको जिल्ला अस्पतालमा कार्यरत नर्स र डाक्टरबीच विवाद हुँदा कुटाकुट भएको छ ।

उपचारका क्रममा एक रोगीको ज्यान गएपछि विवादका क्रममा सोमवार राति साढे ९ बजेतिर आकस्मिक कक्षमा यो घटना भएको हो ।

नर्स र डाक्टरले एकछिन बाझाबाझ गरे अनि रिसको सुरमा नर्सले कुर्सीमा बसेका डाक्टरको गालामा थप्पड हानिन् । त्यसपछि डाक्टरले पनि नर्सलाई पिटे ।कोरोना महामारीमा सेवा दिन आएका रिटायर्ड सीएमएस बीएम नागरलाई नर्सले गालामा हिर्काएको बताइएको छ ।

अस्पताल प्रशासनले दुईजनाबीच सम्झौता गराउन खोजेको छ । डाक्टर र नर्स निकै तनावमा रहेकाले नर्सले डाक्टरमाथि हात हालेको बताइएको छ ।

यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । डीएमले घटनाको अनुसन्धान गर्ने आदेश दिएका छन् ।