इटहरी । प्रेस सेन्टर नेपालको सुनसरी समन्वय समितिले ज्येष्ठ नागरिकलाई खीर खुवाएर संगठनको १८ औँ स्थापना दिवस मनाएको छ ।हिजो (शनिबार) प्रेस सेन्टर सुनसरीले इटहरी १६ स्थित पकलीको रामजानकी शान्ति वृद्धाश्रममा खीर खुवाएर १८ औँ स्थापना दिवस मनाएको हो ।

प्रेस सेन्टर सुनसरीका अध्यक्ष तीर्थ कार्कीका अनुसार दिवसको अवसरमा कुनै रचनात्मक काम गरेर स्थापना दिवस मनाउने उद्येस्यले वृद्धाश्रममा आमाहरूलाई खीर खुवाएर फलफुल वितरण गरिएको हो । वृद्धाश्रममा १३ जना आमाहरू रहेका छन् । सो अवसरमा वृद्धाश्रममै शुभकामना आदान–प्रदान कार्यक्रममा गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल बराल, पार्टीका प्रदेश न. १ उपाध्यक्ष शिवकुमार डाँगी, माओवादी केन्द्र इटहरी उपमहानगर समितिका उपाध्यक्ष एवम् किरात बान्तवा खिमका केन्द्रीय अध्यक्ष ज्ञानु किराँती, पत्रकार महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राई, सेन्टरकै केन्द्रीय सदस्यहरू राजन केडी, भरतराज शर्मा (गोपाल), प्रदेश सचिव विशाल राई, प्रदेश सदस्य सञ्जय याक्खा,आश्रम संचालक सदस्य ठगेन्द्र आचार्यलगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा नेताहरू बराल, डाँगी, सेन्टरका केन्द्रीय सदस्य अर्जुन शर्मा, वृद्धाश्रमका सञ्चालक विष्णु डाँगीले शुभकामना मन्तव्य राखेका थिए ।

272189033_305482534885486_137104170046714270_n