मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । शेयर बजारले पनि साथ दिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्नेछ । धनसञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज कसै सैलाई परदेशी घर फर्कने योग छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । समाज र परोपकारका पनि समय बित्न सक्नेछ ।