काठमाण्डौ । सोमबार  अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।   

दिउँसो कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।  

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको हुने आकलन गरिएको छ ।  

अहिले बिहान कोशी प्रदेशका केही तथा मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको मौसमविद्ले जानकारी दिएका छन् । आजदेखि बुधबारसम्म देशभर वर्षाको सम्भावना छ ।  

वर्षाका कारण  सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ ।