चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जङ्गलमा आइतबार तीन वटा गाडी ठोक्किँदा एक जना घाइते भएका छन् । घटनामा कालिका नगरपालिका वडा नं। ६ घर भएका ४६ वर्षीय चालक टेकनाथ वाग्ले घाइते भएका छन् ।  

वाग्लेको पुरानो मेडिकल कलेजमा उपचार भइराखेको प्रहरीले जनाएको छ । पूर्वी चितवनको टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश ३-०१-००२ च ७९०१ नं.को कार, सोही स्थानबाटै आएको ना १७ च ६८०० नं.को कार र नारायणगढबाट टाडी जाँदै गरेको लु २ च ७१०६ नं.को स्कोर्पियो हाइस ठोक्किएको थियो।