काठमाडौं । आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी पर्छ।

अहिले न्युनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात्  नेपालभन्दा केही टाढा पर्छ। त्यसकारण भारी वर्षाको सम्भावना कम देखिएको हो। तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।