काठमाण्डौ । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार मनसुन सामान्य अवस्थामा रहेकाले तत्काल ठूलो पानी पर्ने सम्भावना छैन ।

बिहान र दिउँसो घाम लाग्ने तथा बेलुकीपख हल्का वर्षा हुने बताइएको छ ।  यसपालिको मनसुनमा केही क्षेत्रमा ठूलो परे पनि कतिपय ठाउँमा  आवश्यकता अनुसारको पानी पर्न सकेको छैन । 

यसपालिको वर्षामा कुनै एक ठाउँमा ठूलो पानी परे पनि नजिकै वा अर्को क्षेत्रमा पानी नपर्ने जस्ता गतिविधि देखिएको छ । यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि अध्ययन हुन सकेको छैन । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम चर्किएको छ ।