काठमाण्डौ । आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार आज दिउँसो बाग्मती, गण्डकी र लुम्बिनीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका एक दुई ठाउँमा  ठूलो पानी पर्ने अनुमान छ ।

अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिए । नेपालमा अहिले मनसुन सक्रिय भएको बताइएको छ ।