काठमाण्डौ । आज कोशी, बाग्मती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यी ठाउँमा बाढी पहिरोको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।  अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले जानकारी दिएका छन् ।

गएको सोमवारदेखि लगातारजसो पानी परिरहेको छ । भोलिदेखि भने पानी पर्ने क्रम बिस्तारै कम हुँदै जाने मौसमविद्को भनाइ छ ।