इटहरी । मोरङको सुन्दरहरैचा नगरपालिका–४ मा बसले साईकल यात्रीलाई ठक्कर दिंदा साईकल चालकको मृत्यु भएको छ । मृत्यु हुर्नेमा सुन्दरहरैचा नगरपालिका–५ का साईकल यात्री ५२ बर्षीय केदार थापा रहेका छन् । 

 आज (आइतबार) बिहान पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री  थापालाई ठक्कर दिंएको थियो । 

बसको ठक्करबाट थापा घाईते भएका थिए । उनको उपचारको क्रममा बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटनामा संग्लग्ग बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।