काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजसहित लगातार तेस्रो दिन सुनको मूल्य घटेको जानकारी दिएको हो । महासङ्घले आज तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ४५० रुपैयाँ कायम थियो ।

सुनको मूल्य लगातार तेस्रो दिन घटे पनि चाँदीको मूल्य भने स्थिर कायम भएको छ । आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँ कायम छ । हिजो समेत यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।