काठमाडौं । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् ।

‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२ जना नेपाली छौं, सात जना नेपाली साथीको २ सालको कन्ट्याक्ट सक्किएर पनि अरू ३ महिनाको अकमा लगाइदिएको थियो,’ प्रेमले भने, ‘अब त्यो ३ महिनाको अकामा पनि डिसेम्बर १५ तारिखमा सकियो र सबै साथीहरू काम नगर्ने घर जाने भन्दै छन्, तर पनि कपिलले म तिमीहरू कसैलाई फिनिसमा घर पठाउँदिन, तिमीहरू सबैको अकासमा लगाइदिन्छु तिमीहरू काम गर भन्छ । अब हामी के गर्ने ?’

उनीहरूले आफूहरूलाई काम गर्न धेरै गाह्रो भएको पनि बताएका छन् । ‘यहाँ हामीहरूलाई काम गर्न धेरै गारो भएकाले कोही पनि बस्न चाहँदैनन्, तर कपिलले जबर्जस्ती गर्दै सबैलाई थर्काउँछ अब साथीहरूको कन्ट्याक सकिँदा पनि घर जान पाइँदैन,’ उनले थपे ।

कम्पनीले समयमा तलब पनि नदिने गरेको र बल्लबल्ल केही महिनाको दिए पनि अझै एक महिनाको तलब पाउन नसकेको उनीहरूले बताएका छन् ।

‘मेरो २ वर्षको करार अवधि सकिएर पनि अहिले २८ महिना चल्दैछ, सबै साथीहरू फिनिस जाने भनेर बारम्बार कपिललाई भन्दा पनि टेर्दैन, अनि अहिले मान्छे छैन काम गर म तिमीहरूको अर्कामा लागाइदिन्छु भन्छ, धम्क्याउँछ, के गर्ने होला रु साथीहरू सबै मधेश प्रदेशका छन् । बाझ्न, झगडा गर्न डराउँछन् हामीलाई जसरी भए पनि यहाँबाट निकाल्नु प¥यो,’ उनले थपे । यो समाचार राजधानी दैनिकमा छ ।