सुजन बाह्रकोटी, सुन्दरहरैंचा । गछिया जेसीजको अध्यक्षमा धुर्ब निरौला निर्वाचित भएका छन् । मोरङको सुन्दरहरैंचामा सम्पन्न १० औँ महाधिवेशनबाट गछिया जेसीज वर्ष २०२४ को  अध्यक्षमा धुर्ब निरौलाले  निकटतम प्रतिस्पर्धी शान्तिराम श्रेष्ठलाई ५४ मतले पछि पार्दै निर्वाचित भएका हुन।   

निरौलाले ८७ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी शान्तिराम श्रेष्ठले २३ मत पाए थिए । कार्यकारिणी उपाध्यक्षमा नीराजन धमला, पुष्पा ढुङेल  विजयी भएका छन् ।

महासचिवमा प्रदीप खतिवडा, कानुनी सल्लाहकारमा पप्पु शाह, कोषाध्यक्षमा रोहित लिम्बु, सचिवमा ज्ञान नाथ ढकाल र जन सम्पर्क अधिकारीमा सुस्मिता भट्टराईलाई  मनोनीत गरिएको  नव निर्वाचित अध्यक्ष धुर्ब निरौलाले बताएका छन् ।  त्यस्तै उपाध्यक्षमा गंगा सिग्देल, पवित्रा गौतम भण्डारी,  रिसल भण्डारी र विनोद भट्टराई  निर्वाचित भएको निर्वाचन अधिकृत रबिन सिटौलाले जानकारी दिए ।