काठमाडौं । जनवरी १ तारिखको अवसर पारेर नेपालीहरुले ढाका टोपी लगाउँदै टोपी दिवस मनाइरहेका छन् । आजकै दिनलाई तराइका केही अगुवाहरुले धोति दिवसका रुपमा मनाउन थालेका छन् । 

सोहीअनुसार सोमबार बिहान एउटा समुह  ‘धोती दिवस’ मनाउन भन्दै माइतीघरमा भेला भएकोमा प्रहरीले हटाएको छ । प्रहरीले उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले हटाएको हो । 

सरकारले हाल माइतीघरमा प्रदर्शन, भेला, जुलस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ ।

नेपालमा २०७१ सालमा पहिलो पटक धोती र्याली निकालिएको थियो ।