तामाङ सेलो भाकामा चर्चित गायक सुवास लामाले आस्याङकी छोरी बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । शनिवार लामाले आफ्नो अफिसियल युट्युब च्यानल  सुवास लामा मार्फत  तामाङ सेलो भाकामा रहेको आस्याङकी छोरी बोलको म्युजिक भिडियो सार्वजनिक सार्वजनिक गरेका हुन ।

दोलखाको सैलुङ गाउँपालिका  २ नम्बर वाडमा घर भएका लामा हाल अस्ट्रेलियामा बस्दै आएका छन् । प्रवासमा रहेर पनि नेपाली सङ्गीत र समाजका गतिविधिहरूमा निरन्तर सक्रिय रहने लामाका देशभक्ति गीत,  एसियाको आगनीमा, नेपालीको घर, लोक भाकाको कली कली पानी र तामाङ सेलो आङीला जामे जस्ता गीतहरू चर्चित छन् ।

तामाङ सेलो र आधुनिक गरेर आधा दर्जन भन्दा बढी गीतहरू सार्वजनिक गरिसकेका लामाको आस्याङकी छोरीको  रचना र सङ्गीत दिल तामाङले गरेका हुन । एरेन्ज दीपेश प्रधान र भिडियो निर्देशन सुन्दर योञ्जनले गरेका छन् । निक्की तामाङ, एल्मिना राई र  सम्राट अधिकारीले उक्त म्युजिक भिडियोमा अभिनय गरेका छन् ।