इटहरी । इटहरीमा शनिवार राति करिब १२ बजे घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको छ । इटहरी ४ नम्बर वाड स्थित शिवशक्ती टोल निवासी देवी प्रसाद सापकोटाको घरमा पार्किङ गरेर राखेको रातो रङको प्र १-०१-१२ प ३३०७ नम्बरको आपाची आरटीआर १६० मोटरसाइकल चोरी भएको हो ।

सापकोटाले मोटरसाइकल हराए पछि इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका  छन् । मोटरसाइकलको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।