एजेन्सी । दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा ६ प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । 

मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालवाहक ट्रकलाई उछिन्न खोज्दा आपसमा ठोकिएका थिए । दुर्घटनामा घाइते भएका एक प्रहरीको अवस्था गम्भीर छ ।