एजेन्सी । न्यूजिल्याण्डमा ६.१ तीब्रताको भूकम्प मापन गरिएको छ । ठूला झट्काका साथ सुरु भएको भूकम्पको कम्तीमा ३० सेकेन्डसम्म हल्का धक्का महसुस भएको बताइएको छ । 

जियोनेटका अनुसार भूकम्प स्थानीय समयानुसार साँझ ७.३७ बजे पारामराउमुबाट ५० किलोमिटर उत्तरपश्चिममा ४८ किलोमिटर गहिराइमा गएको थियो । ६.१ तीब्रताको भूकम्प आएको केही समयपछि ४.० को अर्को पराकम्प मापन गरिएको छ । हालसम्म क्षतिको कुनै  खबर छैन ।