काठमाडौँ । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियन नेपालको भ्रमणमा आउने भएकी छिन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन २४ गते काठमाडौं आउने भएकी हुन् ।

उनले फागुन २४ देखि २६ सम्म नेपालको भ्रमण गर्ने कार्यक्रम छ । कूटनीतिक स्रोतका अनुुसार उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग भेटवार्ता गर्ने छिन् ।

नेपाल–बेलायत सन्धि–१९२३ एक सय वर्ष पुगेको उपलक्ष्यमा राज्यमन्त्री ट्रेभेलियनलको नेपाल भ्रमण हुन लागेको हो । यस क्रममा उनले अरुण तेस्रो परियोजना पनि अवलोकन गर्ने जनाइएको छ । 

राज्यमन्त्री ट्रेभेलियनलको भ्रमणका क्रममा नेपालस्थित बेलायती दूतावासले एक कार्यक्रम गर्नेछ । साथै उनी धरान पुगेर भेट्रान गोर्खाको कार्यक्रममा पनि सहभागिता जनाउने छिन् ।