काठमाडौं । अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान करिब ६ बजे ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ । अहिलेसम्म प्राप्त प्रारम्भिक जानकारी अनुसार ६.८ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु पूर्वी ताजिकिस्तानको मुर्गोबबाट ६७ किलोमिटर पश्चिममा रहेको थियो। समाचार एजेन्सी एफपीका अनुसार स्थानीय समय अनुसार बिहान ५स्३७ मा भूकम्प गएको थियो र यसको केन्द्र जमिनबाट २०.५ किलोमिटर तल थियो ।

मानिसहरुको हताहतीको बारेमा अहिलेसम्म जानकारी आएको छैन । युएसजीएसले भूकम्पको केन्द्रबिन्दु गोर्नो–बदख्सानको पहाड वरपर रहेको र त्यहाँ जनसंख्या निकै कम रहेको जनाएको छ ।