एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा आत्मघाती बम हमला भएको छ।  देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको आत्मघाती बम हमलामा कम्तीमा ९ प्रहरी मारिएको पाकिस्तानी अधिकारीले जनाएका छन्  ।

घटना बलुचिस्तान प्रान्तको बोलान सहरमा भएको हो। मारिएका जवानहरू बलुचिस्तान कन्स्टेबुलरीका थिए। बीबीसी उर्दु रिपोर्टका अनुसार सो घटनामा १० बढि घाइते भएका छन्।

एक अधिकारीका अनुसार कम्बरी पुल नजिकै बलुचिस्तान कन्स्टेबुलरीको गाडीलाई एक मोटरसाइकले ठक्कर दिएको थियो। गाडीमा सावर सुरक्षाकर्मी आइतबार सिबी मेलाबाट ड्युटी सकेर फर्किदै थिए।