काठमाण्डौ । भारतीय सेनाको हेलिकप्टर अरुणाचल प्रदेशमा बिहीबार दुर्घटना भएको छ । समाचार एजेन्सी एएनआईले सेना स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । 

स्रोतका अनुसार हेलिकप्टर मण्डला हिल्स क्षेत्रमा दुर्घटना भएको हो । होलिकोप्टरमा  लेफ्टिनेन्ट कर्णेल र मेजर स्तरका अधिकारी सवार थिए । होलिकोप्टरको खोजी अभियान चलिरहेको छ । 

हेलिकप्टर बोमदियालबाट उडेको सेनाले जनाएको छ । बिहान करिब साढे ९ बजे हेलिकप्टरको एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो ।