काठमाण्डौ ।  दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा ५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। 

ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब २५ जना लिएर जाँदै गरेको यात्रुबाहक डुङ्गा एक शक्तिशाली आँधीपछि पल्टिएको बताइएको छ । 

डुङ्गामा क्षमता भन्दा बढी  सवार रहेका र सबै यात्रुले लाइफ ज्याकेट नलगाएका कारण डुङ्गा पल्टिँएको अधिकारीहरूले बताएका छन् ।  आँधीले डुङ्गालाई दुई टुक्रा पारेको र सबै यात्रुहरूलाई नदीमा फ्याँकेको बताएका छन्। 

उद्धारकर्ताहरूले अन्यको खोजी गरिरहेका राष्ट्रिय प्रकोप व्यवस्थापन संगठनका आडा जिल्ला संयोजक एबेनेजर तेये–नार्टे किसेहले सिन्ह्वालाई बताए।