काठमाडौं । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोपछि अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सीसमेत साउदी अरब जाने भएका छन् । विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा उनी आवद्ध हुन लागेका हुन् । 

हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय मेस्सीले फ्रेन्च क्लव पीएसजी छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले करिब ६५ करोड ८८ लाख डलर खर्चिन लागेको हो । सम्झौता अहिलेसम्म मौखिक मात्र भएको छ ।

यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल नासरले वार्षिक २१ करोड ५० लाख डलरमा किनेको थियो । मेस्सीले पाउन लागेको रकम रोनाल्डोको भन्दा तीन गुणा बढी हो । अल नासर र अल हिलाल साउदीका प्रतिस्पर्धी क्लवका रुपमा चिनिन्छन् । मेस्सीको साउदी आगमनले फुटबल मैदानमा दुई हस्तिहरुको टकराव प्रतिस्पर्धा फेरि सुरु हुने भएको छ ।