एजेन्सी । स्पेनिस ला लिगाको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ । गएराती स्पानियोललाई ४–२ गोलले हराउँदै चार खेल अगावै बार्सिलोनाले उपाधि जितेको हो । 

आरसिडिई स्टेडियममा भएको खेलमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई, एलेक्स बाल्डे र जुल्स कुन्डेले १–१ गोल गरे । स्पान्योलका लागि जेभिएर पुएडो र जोसेलुले १–१ गोल फर्काए ।  

यो जितसँगै बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा १४ अंकले अगाडि छ । पराजित स्पान्योल ३४ खेलबाट ३१ अंकका साथ १९ औँ स्थानमा छ ।