काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्ली क्यापिटल्सले पञ्चाज किङ्सलाई १५ रनले हराएको हो।

धर्मशालामा राति भएको खेलमा दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पन्जावले भेट्टाउन सकेन। पन्जाव निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९८ रनमा समेटियो।

त्यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले दुई विकेटको क्षतिमा २ सय १३ रन बनाएको थियो। दिल्लीका लागि रिली रोसोउले सर्वाधिक ८२ रन बनाए। ३७ बल खेलेका उनले ६ वटा चौका र ६ वटै छक्का प्रहार गरेका थिए। त्यसैगरी ५४ रनको अर्धशतकीय इनिङ खेलेका पृथ्वी शाले सात चौका र एक छक्का प्रहार गरे।

आईपीएलमा आज सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैङ्लोर राति पौने ८ बजे हैदरावादमा खेल्नेछन्।