काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोरको जितेको छ ।

शुरूआती ब्याटिङ गरेको हैदराबादले हेनिरक क्लासेनको शतकीय योगदानसहित १८७ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गर्दै बैंगलोरका खेलाडी विराट कोहली र फाफ डुप्लेसीले छुट्टै शैली प्रदर्शन गरे ।

कोहलीले पहिलो ओभरको शुरूआती २ बलमा चौका हाने । डुप्लेसीले पनि लगातार चौका र छक्का प्रहार गरे । दुवै खेलाडी १८औं ओभरसम्म मैदानमै टिकेर रहे । दुवैले १७२ रनको साझेदारी कायम गरे ।

विराटले ६३ बलमा १०० रन र डुप्लेसीले ४७ बलमा ७१ रन बनाए । खेलमा ३ बल बाँकी छँदै बैंगलोरले खेल जितेको थियो । यससँगै अंकतालिकामा मुम्बई इन्डियन्सलाई पछि पार्दै बैंगलोर शीर्ष ४ मा उक्लिन सफल भएको छ ।

प्लेअफको दौडमा कायमै रहन बैंगलोरले बिहीवारको खेल जित्नुपर्ने नै थियो । चालू सिजनमा गुजरात टाइटन्स प्लेअफमा पुगिसकेको छ भने बाँकी ३ टीमको नाम तय हुन सकेको छैन ।

हैदराबादले अब आफ्नो अन्तिम लिग प्रतिस्पर्धामा गुजरात टाइटन्ससँग खेल्नेछ ।