काठमाडौं । सिटी होटल लिमिटेडले वैशाख २५ गतेदेखि २८ गतेसम्म निष्काशन खुला गरेको आईपीओ  आज (शुक्रबार) बिहान बाँटफाँट भएको छ ।  

सिटी होटल सोल्टीमोड काठमाडौंमा आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । 

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ३५ हजार ५ सय ९४ जनाले १०–१० कित्ताका दरले पाएका छन् । 

कम्पनीले  ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोष र कर्मचारीलाई ६६ हजार ९ सय ६० कित्ता शेयर छुट्याईएर बाँकी रहेको १३ लाख ५५ हजार  ९ सय ४० कित्ता सर्वसाधारणका लागि निष्काशन खुला गरेको थियो । 

यसअघि विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले काठमाडौं सोल्टिमोडमा पाँच तारे होटल ह्यात प्लेस सञ्चालन गरिरहेको छ ।