काठमाण्डौ  । आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ  आज (मङ्गलवार) देखि नै लागू हुनेछ ।

आउँदो आर्थिक वर्ष २०८०र८१ का लागि सोमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो ।

अहिले बियरमा प्रतिलिटर दुई सय २८ रुपैयाँ अन्तःशुल्क लाग्छ । यसलाई बढाएर दुई सय ३५ रुपैयाँ पुर्‍याएकाले लिटरमा सात रुपैयाँ बढ्नेछ । बढेको सात रुपैयाँमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । 

यसले गर्दा बियरको मूल्य छ सय ५० मिलिलिटरको बोतलमा १० रुपैयाँ बढ्ने छ ।