काठमाण्डौ । दुई देशीय टी–२० महिला क्रिकेट श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।

आज (बिहीबार) भएको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ। नेपालले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले चार विकेटको क्षतिमा ८३ रन मात्रै बनाउन सक्यो।

मलेसियाका लागि महिराह इज्जाति स्माइलले ४४ र विनिफ्रेड अन्ना डुराइसिगमले २० रन बनाइन् अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालका लागि कविता कुँवर, सिता राना मगर र इन्दु बर्माले एक९एक विकेट लिए। यसअघि ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ११० रन बनाएको थियो। 

मलेसिया भ्रमणका रहेको नेपाली टोलीले पहिलो खेलमा हार बेहोरोको थियो। त्यस्तै, जेठ १६ मा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गरेको थियो।

पाँच खेलको टी–२० श्रृङ्खलामा अब अर्को खेल जेठ २० गते हुनेछ।