काठमाडौं । नेपालले मलेसियाविरुद्धको टी–२० महिला क्रिकेट श्रृंखला जितेको छ । आइतबार ९आज० भएको अन्तिम खेलमा ३ विकेटको जित हासिल गर्दै नेपालले घरेलु टोली मलेसियाविरुद्धको श्रृंखला जितेको हो । 

यसअघि पहिलो र चौथो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेल जितेको थियो । पाँचौँ खेल जितेपछि नेपालले श्रृंखला ३–२ ले जितेको हो । 

मलेसियाले दिएको १ सय १० रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाइन् । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाइन् ।