काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाँदैछन् । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो। अब उनको तारिख २९ असारमा राखिएको छ ।

विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ । लामिछाने आज राति २ बजे अफ्रिका जाने बुझिएको छ ।