काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले मंगलवार९आज० घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र म्यानमारबिचको खेल यानगोनस्थित तुवन्ना स्टेडियममा हुनेछ।

नेपाली टिम दीपा शाहीको कप्तानीमा मैदान उत्रनेछ। समूह ‘बी’ मा रहेको नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन्। 

यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह ‘बी’ को  विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।