मोरङ । सुन्दरहरैँचा नगरपालिकाले थप तीन दिन विद्यालय विदा दिने निर्णय गरेको छ ।  पालिकाले विगत केही दिनदेखि अत्यधिक गर्मी बढेकाले सुन्दरहरैचा क्षेत्रभित्र सञ्चालित विद्यालयलाई दिइएको विदा ३ दिन थप गरेको हो ।

आज २३ गते बसेको पालिकाको बैठकले  जेष्ठ २४ गते देखि २६ गते शुक्रवारसम्म विद्यालय बिदा दिने  निर्णय गरेको हो  ।

अत्यधिक गर्मीका कारण  विद्यालयको पठनपाठन कार्यमा कठिनाइ भएको साथै विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने संभावनालाई मध्यनजर गर्दै  विद्यालय बिदा दिएको सुचनामा उल्लेख छ ।

348361868_1473949480089024_6099578063410038608_n