काठमाण्डौ ।  नेपालले हङकङमा हुने एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने भएको छ । नियमित तालिकाअनुसार नेपालले यो प्रतियोगिता खेल्न पाउने थिएन तर थाइल्यान्डले भिसा समस्याका कारण नाम फिर्ता लिएपछि नेपालले प्रतियोगिता खेल्ने अवसर पाएको हो ।

प्रतियोगिता जुन १२ देखि २१ अर्थात् यही जेठ २९ देखि असार ६ गतेसम्म हङकङमा हुँदैछ । एसियाली क्रिकेट परिषदबाट नेपाललाई हिजो बुधवार प्रतियोगिता खेल्ने प्रस्ताव आएकोमा नेपालले सजिलै स्वीकार गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपाल आउँदो शनिवार वा आइतवार हङकङ जानेछ ।

प्रतियोगिताको समूह ुएु मा रहेको नेपालले आयोजक हङकङसहित भारत र पाकिस्तानसँग खेल्नेछ । भारत र पाकिस्तानले प्रतियोगितामा सिनियर नभई एु टोली पठाउने छन् । समूह बी मा मलेसिया, यूएई, बङ्गलादेश र श्रीलङ्का एु टोली छन् ।