काठमाडौं । आयोजक एवं ६ पटकको च्याम्पियन अर्जेन्टिना अन्तिम १६ र ब्राजिल क्वारटरफाइनलबाट बाहिरिएको फिफा यु २० विश्वकको उपाधि उरुग्वले हात पारेको छ । 

सोमवार बिहान भएको फाइनलमा उरुग्वेले इटालीलाई पाखा लगाउँदै पहिलोपटक यु २० विश्वकपको उपाधि हात पारेको हो । 

खेलमा शुरूआतदेखि नै दबाब बढाएको उरुग्वले ८६औं मिनेटमा  गोल विजयी गोल गर्‍यो । रातो कार्ड खाएपछि दुई खेल गुमाएर फर्किएका लुसियानो रोड्रिग्वेजले विजयी गोल गरेका हुन् । पोस्टमा टिमको आक्रामण गरिरहँदा रिबाउन्ड बलमा चखालीपूर्ण हेडिङ गोल गर्दै रोड्रिगेजले उपाधि दिलाएका हुन् । 

प्रतियोगितामा आयोजक अर्जेन्टिना र ५ पटकको विजेता ब्राजिललाई मुख्य दाबेदार मानिएको थियो । अर्जेन्टिना नाइजेरियासँग अन्तिम १६ मा २–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । ब्राजिल पनि अन्तिम १६ मा इजरायलसँग ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताबाट बाहिरिएको थियो । 

ब्राजिललाई हराएको उरुग्वेलाई सेमिफाइनलमा १–० पराजित गर्दै उरुग्वे फाइनलमा पुगेको थियो । यता इटाली भने दक्षिण कोरियालाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।