काठमाडौँ । भारतको उत्तर प्रदेश राज्यस्थित बलियामा गर्मीका कारण तीन दिनमै ५४ जनाको ज्यान गएको छ। 

अहिले ४ सयभन्दा धेरै बिरामी छन्। उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। १५ देखि १७ जुनबीच ज्वरो, दम बढ्ने जस्ता कारणले अस्पताल भर्ना हुने बिरामीको संख्या तीव्र गतिमा बढेको छ।

जानकारी अनुसार १५ जुनमा २३, १६ जुन २० र १७ जुनमा ११ जनाको ज्यान गएको छ। जिल्लामा बढ्दो मृत्युलाई देखेर आजमगढ मण्डलका स्वास्थ्य निर्देशकले डाक्टरको एक टोलीलाई लखनऊबाट बोलाएका छन्।