काठमाण्डौ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ। 

माल्दिभ्सको मालेमा आइतबार राति भएको खेलमा नेपालले आयोजकलाई ७५–६८ अंकले हराएको हो ।

नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि पाकिस्तान र बंगलादेशलाई हराएको थियो। नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको थियो। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।