काठमाडौं । नेपालले आईसीसी विश्वकप छनोटअन्तर्गत दोस्रो खेलमा आज अमेरिकासँग खेल्दै छ। खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे जिम्बाबेको ताकासिंगा स्पोर्ट्स क्लबमा हुने भएको छ। 

नेपाल पहिलो खेलमा जिम्बाबेसँग ८ विकेटले पराजित भएको छ भने अमेरिका वेस्टइन्डिजसँग ३९ रनले हारेको छ। 

नेपाल र अमेरिकाबीचको ६ खेल आईसीसी विश्वकप लिग २ मा भएको थिए। नेपाल र अमेरिकाबीच अहिलेसम्म ३ ओडीआई खेल भएको छ।  नेपालले ३ खेलमा जित, २ मा हार र एक खेल बराबरीमा सकिएको छ। 

विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई रहेका छन्।