एजेन्सी ।  होन्डुरसको एक महिला कारागारमा भएको दङ्गामा कम्तीमा ४१ जना महिलाको मृत्यु भएको छ । अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरूबीच भएको हिंसाका कारण कम्तिमा ४१ महिला कैदी बन्दीको मृत्यु भएको हो । जसमध्ये धेरैलाई जलाएर मारिएको छ ।

होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका अनुसार भिडन्तको क्रममा अधिकांश बन्दीहरूलाई जलाइएको थियो ।

देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन्। 

जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो । कारागारमा रहेका सङ्गठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताइन् ।