काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपालले आज वेस्टइन्डिजसँग खेल्दै छ । 

नेपाली टिम आईसीसी विश्वकप लिग टूको शीर्ष ३ मा रहँदै छनोट खेल्न पुगेको हो भने विश्व क्रिकेटमा सफल मानिने वेस्टइन्डिज भने शीर्ष ८ मा नपर्दा भारतमा हुन लागेको विश्वकपमा स्थान बनाउनका लागि छनोट खेलिरहेको छ ।

नेपाल र वेस्टइन्डिजबीचको खेल जिम्बाबेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार पौने १ बजे सुरुहुने छ ।  

नेपाल पहिलो खेलमा जिम्बाबेसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो । आज आफ्नो तेस्रो खेल खेल्न लागेको नेपालले वेस्टइन्डिजविरुद्ध जित निकाल्दै सुपर सिक्सको सम्भावना कायमै राख्ने प्रयासमा रहेको छ ।