काठमाडौं । किर्गिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगको अन्तिम खेलमा नेपालले  आज (आइतबार) उज्वेकिस्तानको सामना गर्दैछ। 

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले उज्वेकिस्तानको सामना गर्नेछ। नेपाल र उज्वेकिस्तानबीचको खेल दिउँसो १ः४५ बजे सुरु हुनेछ।

नेपाल आज पहिलो जितको खोजीमा रहेको छ। नेपालले अघिल्ला पाँच खेलमा लगातार हार व्यहोरेको थियो। नेपालले पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा आयोजक किर्गिस्तानसँग हार व्यहोरेको थियो। 

तेस्रो खेलमा इरानसँग पराजित भएको नेपालले चौंथो खेलमा तुर्किमिनिस्तानसँग पराजित भएको थियो।