एजेन्सी । यसै वर्षको अक्टोबर–नोभेम्बरमा भारतमा हुने आईसीसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । विश्वकप अक्टोबर ५ मा सुरु हुनेछ भने फाइनल नोभेम्बर १९ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

आयोजक भारतले आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियासँग चेन्नईमा खेल्नेछ । ४६ दिने प्रतियोगिताका लागि १० सहरका रंगशाला छनोट गरिएको छ । यस विश्वकपमा कुल १० टोलीको सहभागिता रहनेछ । आठ टोली यसअघि नै तय भइसकेका छन् ।

बाँकी दुई टोली को–को हुनेछन् भनेर छनोट खेल हुँदैछ । छनोट चरणको खेल जुलाई ९ मा सम्पन्न हुनेछ, त्यसपछि बाँकी दुई टोलीको टुङ्गो लाग्नेछ। यो विश्वकप राउण्ड रोबिनको आधारमा खेलाइनेछ । सबै टोलीले एकअर्कासँग खेल खेल्नेछन्। त्यसपछि शीर्ष चार टोलीले नकआउट चरण र सेमिफाइनलका लागि छनोट हुनेछन्।

प्रमुख खेलहरू:

  • १३ अक्टोबर -अष्ट्रेलिया र दक्षिण अफ्रिका - लखनऊ
  • अक्टोबर १५ -भारत र पाकिस्तान -अहमदाबाद
  • अक्टोबर २० -पाकिस्तान र अष्ट्रेलिया -बैंगलोर
  • अक्टोबर २१ - इङ्गल्याण्ड र दक्षिण अफ्रिका - मुम्बई
  • २२ अक्टोबर - भारत र न्यूजील्याण्ड - धर्मशाला
  • २९ अक्टोबर – भारत र इंग्ल्याण्ड – लखनउ
  • ४ नोभेम्बर -अष्ट्रेलिया र इङ्गल्याण्ड - अहमदाबाद
  • नोभेम्बर १२ - पाकिस्तान र इंग्ल्याण्ड -कोलकाता
  • पहिलो सेमिफाइनल – १५ नोभेम्बर – मुम्बई
  • दोस्रो सेमिफाइनल - १६ नोभेम्बर - कोलकाता
  • फाइल– नोभेम्बर १९– अहमदाबाद

कहाँ कहाँ खेल हुनेछन् ?

विश्वकपका लागि छनोट भएका १० सहरमा हैदरावाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कोलकाता रहेका छन् ।