काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ मा सुरु हुनेछ।

चीनमा आगामी सेप्टेम्बर–अक्टोबरमा हुने १९औं एसियन गेम्सको तयारी स्वरुप नेपालको महिला टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

गतवर्ष भएको साफ महिला च्याम्पियनसिपको फाइनलपछि नेपाल र बंगलादेशको महिला टिम पहिलो पटक भिड्न लागेका हुन्। त्यसबेला काठमाडौंमै घरेलु टोली नेपाललाई ३–१ ले हराएर बंगलादेश पहिलो पटक साफ च्याम्पियन बनेको थियो। यस पटक नेपाल त्यो हारको बदला लिने तयारीमा छ।