काठमाडौँ । आउँदो फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ । बिहीबार मलेसियाको क्वालालम्पुरमा भएको प्रारम्भिक चरणको ड्रमा नेपालले लाओसलाई प्रतिद्वन्द्वी पाएको हो । 

अक्टोबरमा हुने दुई लेगको छनोटपछि नेपालको आगामी चरणको टुंगो लाग्नेछ । पहिलो लेग १२ अक्टोबर र दोस्रो लेग १७ अक्टोबर १७ मा हुनेछ । नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तान, माल्दिभ्स, सिंगापुर, म्यानमार, कम्बोडिया, चाइनिज ताइपेइ, इन्डोनेसिया, हङकङ, चाइना र यमन रहेका छन् ।

आउँदो विश्वकप सन् २०१६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्तरूपमा आयोजना हुनेछ ।